रौतहट । जिल्ला सदरमुकाम गौरस्थित आँखा अस्पताल पुरेनवाले २० लाख बढीलाई नयाँ संसार देखाएको छ। रौतहट सर्लाही, बारादेखि भारतसम्म लोकप्रिय पुरेनवा आँखा अस्पतालले मोतिबिन्दु लगायत रोगको सफल अप्रेसन र आँखा सम्बन्धी विभिन्न रोगको उपचार गरी २० लाख बढी मानिसलाई पुनः संसार देखाएको हो। २०५४ पुसदेखि हालसम्म कुल १ लाख ९३ हजार ६८३ जना मोतिबिन्दु लगायत…