बलेवा (बागलुङ) । सुन्दर डोहेरी सुनसान छ । कान्छो धौलागिरिको काखमा रहेको सुन्दर डोहेरी गाउँमा अहिले मानिसको आवाजभन्दा चर्को चरीको चिरीबिरी सुन्न पाइन्छ । वन्यजन्तु र पन्छीले बिस्तारै गाउँको माझसम्मै बासस्थानको विस्तार गर्दैछन् ।काठेखोला गाउँपालिका–२ भीमापोखराको उच्च भागमा रहेको डोहेरी गाउँमा केही वर्ष अघिसम्म खचाखच घर थिए । पाखो बारीमा सुनसरी आलु र भाँगोको खेती…