कर्णालीका स्थानीय सरकार बजेट कार्यान्वयनलाई जुटेका छन् । चालु आर्थिक वर्षको आठ महिना पूरा भइसकेकाले स्थानीय तह विकास निर्माणका योजना कार्यान्वयन गर्न जुटेका हुन् । अहिलेसम्म झन्डै ६५ प्रतिशत बजेट कार्यान्वयन भइसकेको बताइएको छ । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख गणेशकुमार शाहीले असारे विकास योजनाहरू कार्यान्वयन नहुने भएकाले असारअगावै योजना कार्यान्वयन गरिसक्ने बताएका छन् । नगरपालिकाबाट…