काठमाडौं । ग्लोबल आइएमई बैंकले स्थापनाकालको १६औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू मर्जर सम्बन्धमा दुवैपक्षबीच छलफल भई सर्वसम्मत पारित गरेको छ । सभाले मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ…