काठमाडों । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूहरु विपक्षमा रहे पनि सदैव जनताको हितमा केन्द्रित रहेर काम गर्ने बताएका छन् । एमालेको काठमाडौँ महानगर कमिटीले शनीबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले जनताको स्वार्थभन्दा माथि केही नभएकाले एमालेले त्यसबाहेक अरू केही नदेख्ने उल्लेख गरे । एमालेले जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा सप्ताहव्यापी कार्यक्रम…