काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गर्नुभएको छ ।संयुक्त राष्ट्रसङ्घ–दिवसका अवसरमा आज नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले सोका लागि नेपाल आफ्नो भूमिका खेल्न प्रतिबद्ध रहेको दोहोर्याउनुुभएको हो ।“हामी विश्वस्त छौं कि जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न संयुक्त…