१० श्रावण २०८३, आइतबार Sun Jul 26 2026

भ्रष्टाचारको आरोप खेपिरहेका गगन माओवादीको केन्द्रिय कमिटीमा उपस्थित

काठमाडौं । काठमाडौंमा आज आइतबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा भ्रष्टाचारको आरोप खेपिरहेका गगन (रेवतराज) पुरी पनि सहभागी भएको पाइएको छ । झापाको रतुवा र दिपिनी खोला किनारको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोपमा अख्तियारमा मुद्दा  दाएर भएको थियो ।