२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

लिङदेन नेतृत्व असफल भएकाे पुर्बराजा र शिर्ष नेताकाे निष्कर्ष, केन्द्रिय समितिमा बहस गरिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउन सुरू गरिएको छ। स्थानीय तहको उपनिर्वाचनमा सबै स्थानमा जमानत जफत भएको तथा समान विचारधारा भएका पार्टी र समूहसँग एकता र मोर्चाबन्दी गर्न अस्वीकार गरेपछि अध्यक्ष लिङ्देनमाथि प्रश्न उठाउन सुरू गरिएको हो। लिङ्देन नेतृत्वमा आएपछि पार्टीलाई झन् क्षति पुगेकाे निष्कर्षसहित राप्रपाका केही केन्द्रीय नेताहरू केन्द्रीय समितिमा…