बैशाख १८, २०८१ मंगलबार Tue Apr 30 2024

चिनियाँ अन्तरिक्षयात्री ६ महिनापछि पृथ्वीमा

चीनका तीन अन्तरिक्षयात्री ६ महिनापछि पृथ्वीमा अवतरण गरेका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाले सीसीटीभीले रेकर्ड गरेका दृश्यहरू सार्वजनिक गर्दै ती अन्तरिक्षयात्री शनिबार अवतरण गरेको जनाएको हो । चीनको हालसम्मको लामो अन्तरिक्ष मिसनका क्रममा ३ जना यात्रु १८३ दिनसम्म अन्तरिक्षमा रहेका थिए ।  उनीहरूको अवतरणसँगै चीनको अन्तरिक्ष महत्त्वाकांक्षामा ऐतिहासिक सफलता मिलेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले मानिसलाई चन्द्रमामा पठाउने…