पोखरा। पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले नयाँ सम्बन्धन प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । पोखरा विश्वविद्यालयको २७औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले विश्वविद्यालयलाई निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्ने प्रावधान भएकाले नयाँ सम्बन्धन प्रक्रियालाई अगाडि बढाउनुपर्ने बताएका हुन् । ‘पोखरा विश्वविद्यालयमा सरकारको लगानी ज्यादै न्यून रहेकाले आफैँमा धानिन सक्ने गरी आङ्गिक कलेजको…