भोजपुर– भोजपुरको कोट अस्पतालको निर्माण अवधि सकिँदा १० प्रतिशतमात्र काम सम्पन्न भएको छ । टेम्केमैयुङ गाउँपालिका–७ मा निर्माण भइरहेको अस्पताल ठेकेदारको कारण अलपत्र बनेको हो ।दुई वर्षभित्र सम्पन्न गर्ने गरी अस्पताल निर्माणको काम २०७८ साउनमा थालिएको थियो । तर ठेकेदारले मैदान सम्याएर, कम्पाउण्ड र रिटेनिङ वालमात्र लगाएर काम अलपत्र छाडेको टेम्केमैयुङ–६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले…