फाल्गुन ९, २०८० बुधबार Wed Feb 21 2024

प्युठान नगरपालिका पर्यटनमा दीर्घकालीन लगानी गर्दै

काठमाडौं । प्युठान नगरपालिकाले पर्यटन क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ ।योजना निरन्तरताका क्रममा बहुउद्देश्यीय याेजना सहितको पर्यटकीय स्थल खैराकाेट जाने पदमार्गकाे पहिलो स्टेशनसम्मको कार्य अन्तिम चरणमा पुगेको छ । प्युठान नगरपालिका र नेपाल पर्यटन वाेर्ड अन्तर्गत जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाकाे २० लाख लागतमा कार्य भईरहेकाे उपप्रमुख देवेन्द्र बर्माले बताए ।