काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । सोमबार अबेर रातिसम्म बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा रास्वपाले तीन मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको हो । उसको भागमा गृह, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम तथा रोजगार मन्त्रालय परेको छ । उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा पार्टी सभापति रवि…