अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगर प्रमुखसहितका जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गरी नगर प्रमुख कमल प्रसाद भुसालसहित २१ जना जनप्रतिनिधिहरुले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै राजीनामा दिएका हुन् । नगरप्रमुख भुसालले उपप्रमुख ठाकुर कुमार बिकसमक्ष राजीनामा दिएका हुन् । ९ जना वडाअध्यक्षसहित कार्यपालिका सदस्यहरुले दिएको राजिनामा स्वीकृत गरेपछि नगरप्रमुख भुसालले उपप्रमुखसमक्ष…