कार्तिक २, २०८१ शुक्रबार Fri Oct 18 2024

कलाकार मदनदासले राप्रपाको तर्फबाट दिए मेयरमा उम्मेदवारी

काठमाडौं । कलाकार मदनदास श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । सोमबार काठमाडौंको भृकुटीमण्डस्थित राष्ट्रिय सभागृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गई उनले उम्मेदवारी दर्ता गरेका हुन् । केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले श्रेष्ठलाई काठमाडौंको मेयरमा उठाउने निर्णय गरेको थियो ।