५ बैशाख २०८३, शनिबार Sun Apr 19 2026

जसपाद्वारा विधानको मस्यौदामाथि सुझाव सङ्कलन तीव्र

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो पार्टी विधानको मस्यौदामाथि सुझाव सङ्कलनको कार्यलाई तीव्रता दिएको छ । जसपाले विधानमाथिको सुझाव पठाउन मातहत समितिलाई यही चैत १५ गतेसम्मको समय सीमा तोकेको छ । जसपाले चैत २६ गतेदेखि विधान अधिवेशन गर्ने निर्णय गरिसकेकाले विधान संशोधनको मस्यौदाबार छलफललाई तीव्रता दिइएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।…