काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । मुख्यमन्त्रीसहित, मन्त्री, प्रतिपक्षी दलका नेताको टोलीले आज ९बुधबार० बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डसँग् भेटवार्ता गरेको हो । भेटवार्तामा मुख्यमन्त्री शाहले आगामी बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर प्रदेशका ठूला तथा गौरवका आयोजनालाई अगाडि बढाउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन्…