मंसिर ९, २०८१ आइतबार Sun Nov 24 2024

आफू राष्ट्रपति निर्वाचित भए जनताले दुःख पाउने गरी कुनै कार्य नगर्ने रामचन्द्रको प्रतिबद्धता

काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेलले लगभग राष्ट्रिय सहमति भएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो पक्षमा उभिने निर्णय गरेपछि उनले यस्तो बताएका हुन् । मतदानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले भने, ‘अब राष्ट्रिय सहमति भयो । लगभग राष्ट्रिय सहमतिमा पुगियो । अब निर्वाचनको परिणामको प्रतीक्षामा छौं ।राष्ट्रपतिको निर्वाचनस्थलमा पौडेलले भने,…