काठमाडौं । राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ । बैठक संगठनका अध्यक्ष सुनिता कुरुम्वाङको अध्यक्षतामा सम्पन्न भएको हो । काठमाडौंमा सम्पन्न भएको बैठकले किसानलाई प्रत्यक्ष असर पर्नेगरी रासायनिक मलमा दिइँदै आएको अनुदान कटौति गर्ने सरकारको निर्णयको विरोध गर्दै तत्काल अनुदान उपलब्ध गराउन माग गरेको छ ।…