काठमाडौँ । छिमेकी देश चीनले नेपालका भूकम्पपीडितहरूलाई थप करिब २८ करोड रूपैयाँ राहत सहयोग घोषणा गरेको छ । नेपालस्थित चिनियाँ राजदूत छन सोङले (मंगलबार) सामाजिक सञ्जाल एक्समार्फत थप सहयोग रकमको घोषणा गरेका हुन् । चीनले यसअघि नै गत शुक्रबार आएको भूकम्पपछि ठूलो मानवीय र भौतिक क्षति भोगेका जाजरकोट र रूकुम पश्चिमका प्रभावितहरूका लागि १० करोड…