बारा । भारतीय सुटर सुजित सिंह बाराबाट पक्राउ परेका छन्। भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१ सिंह नेपालमा बसेर अपराधीक क्रियाकलाप गर्दै आएका थिए। उनलाई बारा प्रहरीले एक थान पेस्तोल र ५ थान गोलीसहित पक्राउ गरेको बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए। उनलाई प्रहरीले पक्राउ गर्न खोजेपछि भागेकोले खुट्टामा गोली प्रहार गरी पक्राउ गरिएको…