बैशाख २७, २०८१ बिहिबार Thu May 9 2024

उपप्रधानमन्त्रीले पीडितलाई सुनाए मुद्दाको प्रगति

कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित जिल्ला प्रहरी कार्यालयको बुधबारको दृश्य अलि फरक थियो । प्रहरी कार्यालयको ‘कन्ट्रोल रूम’बाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले टेलिफोनबाट गुर्भाकोट नगरपालिका–१४ का ३१ वर्षीय अर्जुन पुनविरुद्ध सवारी ज्यानसम्बन्धी मुद्दा दिने जाहेरवाला आठबीस नगरपालिका–५ सिङ्गासैन दैलेखका ४० वर्षीय मोतिराम पुरीलाई फोन गरी मुद्दाको प्रगतिबारे सुनाए ।“मातिरामी जी १ म पूर्णबहादुर…