काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भदौ १५ गते सोधपुछ गर्ने भएको छ । बुधबार बसेको समितिको बैठकले जबरामाथि लागेको आरोपमाथि सोधपुछ गर्न १५ भदौमा बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए ।