मंसिर ८, २०८१ शनिबार Sun Nov 24 2024

राष्ट्रपति भण्डारीद्वारा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी छन् । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई शीतल निवासमा आयोजना गरिएको एक कार्यक्रमबीच राष्ट्रपतिले महारथीको दर्जा प्रदान गरी सम्मान गरेकी हुन् । नेपालको पाँच दिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार काठमाडौं आएका हुन् ।…