मंसिर ८, २०८१ शनिबार Sat Nov 23 2024

प्रेस युनियन ललितपुरको अध्यक्षमा केदारनाथ निर्वाचित



काठमाडौं । नेपाल प्रेस युनियन ललितपुर शाखाको अध्यक्षमा केदारनाथ दाहाल निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट दाहाल निर्विरोध निर्वाचित भएका हुन् ।

उपाध्यक्षहरू रूपकृष्ण कर्माचार्य, गोमा पाण्डे र प्रनिशा लक्ष्मी अधिकारी निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा काजीमान खड्का, सहसचिवमा विनिता डङ्गोल र कोषाध्यक्षमा प्रकाश थिङ निर्वाचित भएका छन् ।

सदस्यहरुमा रञ्जित धमला, अनिशा विष्ट, शनिराज शाक्य, राजकुमार थिङ, अर्चना झा, अमरदीप श्रेष्ठ र सुनिता विश्वकर्मा छन् । शाखामा एक सय २० जना क्रियाशील सदस्य छन् ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ११ : ४५ बजे