पश्चिम नवलपरासी । सशस्त्र प्रहरी बल नम्बर २६ गण पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) धिरेन्द्र राज न्यौपानेले कमाण्ड सम्हालेयता तस्करहरुको निन्द्रा हराम गर्दै आएका छन् ।
तस्करी निस्तेज अभियानमा लागेका एसपी न्यौपानेले दिएको कडा निर्देशनसँगै जिल्लाका सबै सशस्त्र प्रहरी इकाईहरुले अवैध सामग्री ओसारपसारलाई कडा निगरानी गर्दै धमाधम अवैध सामाग्री बरामद गर्दै तस्करीलाई निस्तेज पार्दै आएका छन्।
सशस्त्र प्रहरीका पश्चिम नवलपरासीभरका सीमामा रहेका गुल्म तथा बिओपीहरुले तस्करहरुलाई कडा निगरानीमा राखेपछि तस्करहरु दुलोभित्र पसेझैं भएका छन् ।अहिलेको समयमा ती बिओपीहरुले सानो भन्दा सानो सामग्री ल्याउनलाई समेत कडाई गरेका छन् । यसो त कहिलेकाहींँ सुरक्षा निकायको आँँखा छल्दै सानातिना सामग्री भने तस्करहरुले भारतबाट ल्याउने भएपनि सीमामा तैनाथ सशस्त्र प्रहरीले त्यस्ता तस्करीका अवैध सामग्रीलाई कर्यापझ्याप बनाउंँदै आएको छ।
एसपी न्यौपानेले कमाण्ड सम्हालेको ४ महिनामै सशस्त्र प्रहरीले तस्करविरुद्ध धावा बोल्दै ६१ लाख रुपैयाँ बढीको भन्सार छलीका अवैध सामाग्री बरामद गरिसकेको छ। तस्करीलाई समाप्त पार्ने अभियानमा लागेको सशस्त्र प्रहरीले पश्चिम नवलपरासीका नाकाबाट भारतबाट ल्याउंँदै गरिएका धेरै जसो अवैध लत्ताकपडा बरामद गरेको एसपी न्यौपानेले जानकारी दिएका छन् ।
तस्करी हुँदैछ भन्ने सूचना पाउने बित्तिकै रात होस वा दिन होस आफै तस्करलाई धावा बोल्न जाने एसपी न्यौपानेले ४ महिनामै त्यति धेरै अवैध सामाग्री बरामद गर्नु सर्हानिय कार्य समेत रहेको पश्चिम नवलपरासीका ब्यापारीहरु बताउछन् ।
त्यहाँका एक ब्यापारीले एसपी न्यौपाने आएदेखि सीमाबाट हुने तस्करी निस्तेज बन्दै गएको बताए। उनले भने, एसपी साब आएपछि तस्करहरुको मनोबल नै गिरिसकेको अवस्था छ, आजभोलि लुकिछिपी थोरै मात्रामा अवैध सामाग्री ल्याए पनि सशस्त्र प्रहरीको कडा सीमा पहराले त्यस्ता सामाग्री बरामद हुँदै आउँदा हामी जस्ता राज्यलाई कर तिर्ने ब्यापारीलाई राहत मिलेको छ।
पश्चिम नवलपरासीको भर्खरै मात्र कमाण्ड सम्हालेका नेपाल प्रहरीका उपरीक्षक ९एसपी० काजीकुमार आचार्यले पनि शान्तिसुरक्षालाई मात्र नभई तस्करीविरुद्ध धावा बोल्दै आएका छन् । दुवै सुरक्षा निकायको सहकार्यमा साना तथा ठुला तस्करहरुको अहिले गुप्तबास झै भएको जिल्लाका अर्का एक ब्यापारी गजेन्द्र केसीले बताए ।
गजेन्द्र भन्छन् ,ु नेपाल प्रहरी र सशस्त्र प्रहरीको यो कार्यप्रति सारा पश्चिम नवलपरासीका ब्यापारीहरुमा आशा र उमंग छाएको छ।ु एसपी आचार्यले कमाण्ड सम्हालेको छोटो समयमै तस्करहरुको मनोबल नै खस्काउन सफल बन्दै गएका छन् ।
सशस्त्र र नेपाल प्रहरीको तस्करी निस्तेज अभियानमा ब्यापारीहरु खुशी हुँदा त्यहाँका तस्करहरुले भने त्यहाँको सिङ्गो सुरक्षा निकायहरुलाई बदनाम गर्दै आएको अर्का ब्यापारी राजेन्द्र कार्कीले बताए। दुबै सुरक्षा निकायले तस्करहरुको निद्रा हराम गरेपछि त्यहाँका तस्करहरुले केहि स्थानीय पत्रकारलाई हातमा सुरक्षा निकायको बदनाम गर्ने उदेश्यले तथानाम कपोकल्पित समाचारहरु प्रकाशित गराउदै आएको कार्कीले बताए। अहिले सुरक्षा निकायले गरेको राम्रो कार्यको सम्पुर्ण नवलपरासीका ब्यापारीहरुले प्रशंशा गर्दै आएका छन् ।
पश्चिम नवलपरासीमा तस्करहरुको हरिबोजोग हुँदा तस्करहरु आफैले पैसाको प्रलोभन देखाएर सुरक्षा निकायलाई खरिद गर्ने सपना अधुरो भएपछि धेरैजसो तस्करहरु पलायन भएर विदेश जाने भन्दैछन् भने केहि तस्करहरु अझै पनि तस्करी गर्न पाइन्छ कि भन्ने अधुरो आशामा रहेका छन् । तर, त्यहाँका सुरक्षा प्रमुखहरुले राज्यविरुद्ध हुने सौदा कदापि नगरिने बताउँछन् ।