काठमाडौं । भृकुटीमण्डप, काठमाडौँमा आजबाट मिडिया स्पेस सोलुसन्स प्रा।लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा। लि।ले आजबाट तेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रर्दशनी गर्ने भएको छ । आज चैत १० बाट सुरु हुने उक्त प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन् । विगतका वर्षहरुझैं यस वर्ष पनि तेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रर्दशनी चैत्र १०, ११ र १२ गतेसम्म चल्ने छ ।
सो प्रदर्शनीबाट पाँच बिधामा संचालित उध्योग र व्यापार व्यवसायहरलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसंग सात्क्षात्कार गराउनुका साथै बिभिन्न उध्योगहरुबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजक पक्षले जनाएको छ । यस अन्तरास्ट्रिय प्रदर्शनीमा सह–आयोजकका रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेका छन् ।
प्रदर्शनिमा प्लास्टिक प्रोसेसिङ् मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मसिन, प्रिन्टिङ् मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहने बताइएको छ ।
‘फाईभ पि एक्स्पो’ले सप्लायर्स र उत्पादकहरुको साझा मञ्च मात्र नभएर नेपाल फाईभ पीले समृद्द नेपालको रेखाङ्कनमा समेत योगदान पु¥याउने र संसारभरिका उत्कृष्ट प्रविधि र प्रयासहरु भित्र्याउने भित्राउने आयोजनकको दावी छ ।