काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
पुस १० गते तेश्रो पटक प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले सोही महिनाको २६ गते विश्वासको मत लिएका थिए । फागुन १२ गते राष्ट्रपतिको विषयलाई लिएर सत्ता समिकरणमा परिवर्तन भएपछि सत्तामा रहेको नेकपा ९एमाले० र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिई मन्त्री फिर्ता बोलाए ।
नेपालको संविधानमा भएको व्यवस्था बमोजिम प्रधानमन्त्री प्रचण्डले चैत ६ गते नयाँ समिकरणबाट विश्वासको मत लिएका छन् ।