मंसिर ८, २०८१ शनिबार Sun Nov 24 2024

रास्वपाका अध्यक्ष रविमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने



काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचल्ने भएको छ ।

महान्यायाधिवक्ता दिनमणि पोखरेलले आज लामिछानेमाथि मुद्दा चलाउन आधार र प्रमाण नपुग्ने भन्दै मुद्दा नचलाउने निर्णय गरेको महान्याधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए ।

महान्यायाधिवक्ताको निर्णयसँगै अब सरकारी निकायहरूले लामिछानेमाथि राहदानी दुरुपयोगका विषयमा मुद्दा चलाउन पाउने छैनन् । प्रहरीले प्रमाण नपुग्ने बताएको तथा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौ र उच्च सरकारी वकिल कार्यालय पाटनबाट पनि मुद्दा नचल्ने निर्णय भएर आएकोले महान्यायाधिवक्ताले पनि मुद्दा नचल्ने निर्णय गरेको रेग्मीले बताए ।

लामिछानेमाथि एकै पटक नेपाली र अमेरिकी राहदानी लिएको र दुवै राहदानी प्रयोग गरेको आरोप लागेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ८ : ३८ बजे