चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

मीठो स्वरकी धनी सुनिता शर्माले ‘बस बस पियारी’भनेपछि अन्जली र ओबीको प्रेम मौलायो (भिडियो सहित)



काठमाडौं । नेपाली लोक गायनमा मीठो स्वरकी धनीको पहिचान बनाएकी गायिका सुनिता शर्माको नयाँ लोक तथा दोहोरी गीतको भिडियो सार्वजनिक भएपछि दर्शक तथा श्रोताले रुचाएका छन् । गायिकाको आफ्नै युटथ्युब च्यानल मार्फत आजभन्दा केही दिन अगाडि सार्वजनिक भएको ‘बस बस पियारी’ बोलको गीतको भिडियोले दर्शकको साथ पाएको हो ।

उक्त गीतमा गायिका शर्मालाई गायक बद्री सापकोटाले स्वरमा साथ दिएका छन् भने कृष्ण लामिछानेको शब्दमा गायक सापकोटाकै संगीत रबिनोद बाजुरालीको एरेञ्ज रहेको छ ।

यसगीतको भिडियोमा पछिल्लो समयमा रुचाइएका कलाकार अञ्जली अधिकारी र ओबि रायमाझीले जुहारी खेलेको कथा बनाइएको छ । भिडियोको निर्देशन जेरी भण्डारीले गरेका छन् भने रेशम दर्लामीको छायाँकन र प्रविन भट्टको सम्पादन रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ९ : ४९ बजे