बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

उचित मुल्य नपाएको भन्दै झापाका किसानले सडकमै फाले अण्डा र कुखुरा



झापा । झापाका किसानले सडकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका छन् ।

आफ्ना उत्पादनले उचित मुल्य र बजार पाउनु पर्ने माग गर्दै उनीहरुले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका हुन् ।

कृषिमा आत्मनिर्भर होउ भनेर सरकारले गरेको आग्रह अनुसार आफूहरु कृषि कर्ममा लागेर र उत्पादन पनि गरेको तर सरकारले त्यसको बजारीकरण नगरेकाले बाध्य भएर सडकमा उत्रिनु परेको किसानहरुले जनाएका छन् ।

सरकारले बजारीकरणमा सहयोग नगरेकै कारण बिचौलिया मोटाउने र किसान मर्ने स्थिति आएको उनीहरुको भनाइ छ । यो स्थिति हटाउन सरकारले पहल गर्नुपर्ने उनीहरुको माग छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ४ : २३ बजे