चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

रजत जयन्तीको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरण कप “अन्तर सेवाप्रदायक स्तरीय फुटसल प्रतियोगिता” शुरु



काठमाडौं । रजत जयन्तीको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणकोे आफ्नोे नेपाल दूरसञ्चार प्राधिकरण कप “अन्तर सेवाप्रदायक स्तरीय फुटसल प्रतियोगिता” शुरु भएको छ । उक्त फुटसल प्रतियोगिता बालुवाटारमा भएको हो । फुटसल प्रतियोगितामा विभिन्न दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक सम्बद्ध संस्थाका दश टोलीको सहभागीता रहेको छ ।

फुटसल प्रतियोगितामा दूरसञ्चार सेवा प्रदायकहरु नेपाल टेलिकम, एनसेल आजियाटा लिमिटेड, स्मार्ट टेलिकम प्रा.लि., भायानेट कम्युनिकेशन लिमिटेड, सुबिसु केवलनेट लिमिटेड, डिस मिडिया नेटवर्क, वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेड, मर्कन्टायल कम्युनिकेशन्स लिमिटेड, सिजि कम्युनिकेशन्स लिमिटेड र ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशन प्रा.लि. ले भाग लिएका छन् ।

फुटसल खेलमा नेपाल टेलिकम र भायानेटले बिजयी सुरुवात गरेका छन । भायानेटले सुबिसु र नेपाल टेलिकमले सिजिलाई पराजित गर्दै बिजयी सुरुवात गरेका हुन । नेपाल टेलिकमले सिजिलाई ६–४ र भायानेटले सुबिसुलाई ८–६ गोलअन्तरले पराजित गरेको हो ।

भायानेटलाई जिताउन रोहित गिरीले पाँच गोल गरे । सोमबार नेपाल टेलिकम र एनसेल, भायानेट र वल्र्डलिंक तथा ब्रोडलिंक र डिस मिडिया तथा मर्कन्टायल र स्मार्ट टेलिकम बिच खेल हुने छ । प्रतियोगितामा उपाधि बिजेता टोलीले एक लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

यस्तै उप–बिजेता टोलीले साठी हजार र तेस्रो स्थान प्राप्त गर्ने टोलीले चालिस हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

त्यस्तै, प्रतियोगितामा सर्वाधिक गोलकर्तालाई दश हजार रुपैयाँ प्राप्त गर्ने दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्रतियोगिताको फाइनल फागुन पाँच गते हुने छ । २०५४ फागुन २० गते स्थापना भएको नेपाल दूरसञ्चार प्राधिकरणले स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा अन्तर सेवा प्रदायक स्तरीय फुटसल प्रतियोगिताको ओयोजना गरेको हो ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ६ : २२ बजे