बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

कंगोमा भागदौड हुँदा ११ जनाको मृत्यु



किन्सासा । दक्षिण कोरियामा भागदौडमा १५० भन्दा बढी मानिसको मृत्युका कारण विश्व समुदाय स्तब्ध भइरहेका बेला यस्तै घटना प्रजातान्त्रिक गणतन्त्र कंगोमा दोहोरिएको छ । राजधानी सहर किन्सासाको एउटा रंगशालामा भएको एउटा कन्सर्टमा भागदौड हुँदा २ प्रहरी अधिकारीसहित ११ जनाको मृत्यु भएको छ ।

८० हजार दर्शक क्षमता भएको शहिद रंगशालामा उक्त घटना भएको गृहमन्त्री डेनियल एस्लो ओकिटोले बताए । ‘दुुई प्रहरीसहित ११ जनाको मृत्यु भएको छ’, गृहमन्त्री ओकिटोले भने । क्षमताभन्दा बढी दशर्कका कारण उक्त दुुर्घटना भएको जनाइएको छ ।

‘आयोजकहरुले क्षमताभन्दा शतप्रतिशत दर्शक राखेको पाइएको छ । उनीहरुलाई सजाय दिनुुपर्छ’, ओकिटोले भने । अक्टोबरमा रंगशालामा भागदौड भएको यो दोस्रो घटना हो । यसै महिनाको सुुरुमा इन्डोनेसियाको जाभा प्रान्तमा भागदौड हुँदा १२५ जनाको मृत्यु हुनुका साथै केही घाइते भएका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १० : ४६ बजे